निषेधाज्ञा अवधिभर ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिन तथा दैनिक बचत संकलन नगर्न जिल्ला सहकारी संघको आग्रह

२५ भाद्र २०७७ , मकवानपुर – कोरोना संक्रमण नियन्त्रणका लागि मकवानपुर जिल्लामा लगाइएको निषेधाज्ञा अवधीभर जिल्लाभरीका सबै विषयगत सहकारीहरुलाई सामुदायिक संक्रमण न्यूनीकरणका लागि ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा समुदायलाई सेवा दिन मकवानपुर जिल्ला सहकारी संघले जिल्लाका सबै सहकारीहरुलाई अनुरोध गरेको छ ।

संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले हस्ताक्षर गर्नुभएको संघ द्वारा आज प्रकाशित सूचनामा सहकारीहरु दिउँसो २ बजे सम्म मात्र खोल्न तथा बजार प्रतिनिधि मार्फत दैनिक गरिने बचत संकलनलाई जोखिम उच्च हुने भएकोले निषेधाज्ञा अवधिभर नगराउन अनुरोध गरेको छ ।

ज्वरो लगायत कोभिड १९ सँग मिल्दोजुल्दो लक्ष्यण देखिएका कर्मचारीलाई PCR चेक गराउन साथै रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्य गर्न गराउन भनेको छ । कोभिड १९ बाट सुरक्षित रहनका लागि माक्स , पन्जा , ह्याण्ड सेनेटाइजर , ज्वरो नाप्ने मेशिन थर्मलगन लगायतकाको प्रभावकारी प्रयोग गर्न समेत सूचना मार्फत सबै सहकारीहरुलाई अनुरोध गरिएको छ ।

साथै यस अघि पनि सूचना मार्फत गरिएको अनुरोधलाई सहकारीहरुले पालना गरेकोमा संघले सबै सहकारीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

अर्थ प्रदेश समाचार मुख्य समाचार (flash news)