हेटौंडामा आज २२२ जनालाई खाद्यान्न वितरण

२६ भाद्र २०७७, मकवानपुर – मदन भण्डारी फाउण्डेशनले मकवानपुरको हेटौंडामा संचालन भैरहेको फुड बैंक( खाध्यान्न आदानप्रदान कार्यक्रम ) आज बाह्रौ दिन २२२ जनालाइ खाद्यान्न बितरण गरेको छ ।

फाउण्डेशन २०७७ भाद्र १५ गते देखि संचालन गरेको कार्यक्रममा आज सम्म १०९८ परिवारलाई खाद्यान्न बितरण गरिएको फाउन्डेसनका जिल्ला सदस्य शिबहरि दाहालले जानकारी दिए ।

फाउन्डेसनले मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालनमा ल्याएको र यसलाइ अझ प्रभावकारी बनाइ नयाँ ढङ्गले अभियान संचालन गर्ने फुड बैंक अभियानका सदस्य समेत रहेका दाहालले जानकारी दिए ।

फाउण्डेशनले “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान अन्तर्गत सनिवारबाट जिल्ला समन्वय समितिले संचालन गरेको होल्डिङ्ग सेन्टरबाट अभियान संचालन गर्ने अभियानका संयोजक तथा फाउन्डेसनका जिल्ला सदस्य उत्तम शर्मा न्यौपानेले बताए ।

बिहान ७ बजे देखि ९ बजेसम्म संचालन भैरहेको फुड बैंकबाट नहुनले निशुल्क खाद्यन्न (चामल,दाल नुन र तेल) केहि दिनलाई पुग्ने खाध्यान्न लगिरहेको तथा सहयोग दिनेको पनि उल्लेख्य सहभागीता रहेको न्यौपानेले बताए ।

प्रदेश समाचार मुख्य समाचार (flash news) राजनीति