मकवानपुरमा आज १५ जनामा कोरोना पोजेटिभ

२७ भाद्र २०७७ , हेटौंडा – मकवानपुरमा आज १५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा १५ जनामा नतिजा पोजेटिभ आएको हो ।

गत भाद्र २६ गते १२१ जनाको स्वाब लिइएको मध्ये ५४ जनाको परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका गरि १५ जनामा कोरोना पुष्ठि भएको फोकल पर्सन कोभिड १९ जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् । जस अनुसार हेटौंडा उपमहानगरपालिकाका ६ जना पुरुष , मनहरीका ७ जना पुरुष र बारा , पर्सा जिल्लाका १-१ जना पुरुष रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार (flash news) स्वास्थ्य