पहिरो ग्रस्त सिन्धुपाल्चोकका स्थानीय तहमा वागमती प्रदेश सरकारले तत्काल सहायता उपलब्ध गराउने

२९ भाद्र २०७७,हेटौंडा – वागमती प्रदेश विपत् व्यवस्थापन निर्देशक समितीको आज बसेको बैठककले हालै बाढी,पहिरोले क्षति पुर्‍याएका स्थानीय तहमा तत्काल आर्थिक सहायताका उपलब्ध गराउने निर्णय गरेको छ ।

जस अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र दुप्चेश्वर गाउँपालिकालाई ३०-३० लाख त्यसैगरी मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५-१५ लाख उपलब्ध गराउने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भयो ।

अर्थ प्रदेश समाचार मुख्य समाचार (flash news)