थप १३ जना थपिएसँगै आजै मकवानपुरमा कोरोना संक्रमितको संख्या ६९ , जसमध्ये अन्य जिल्लाका ४ जना

२९ भाद्र २०७७,मकवानपुर – मकवानपुरका थप १३ जनामा कोरोना संक्रमण देखिए सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या आजै ६९ पुगेको छ ।

चितवन मेडिकल कलेजको कोरोना ल्याबमा गरिएको परिक्षणमा मकवानपुर हेटौंडाका १३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । आजै हेटौंडामा भएको परिक्षणमा मकवानपुरका ५२ जना र अन्य जिल्लाका ४ जना सहित ५६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै मकवानपुर जिल्लामा आज कोरोना संक्रमित हुनेको संख्या ६९ पुगेको छ जसमध्ये ४ जना अन्य जिल्लाका रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार (flash news)