मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढी – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिकामा निमार्ण ब्यबसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना भएको छ ।

शाखा कार्यालय वडा नं ३ , मक्रान्चुलीमा स्थापना गरिएको हो । आज बिश्वकर्मा पुजाको दिन पारि उद्घाटन गरिएको सो कार्यालयको मकवानपुरगढीे गाउपालिकाका अध्यक्ष बिदुर हुमागाईले रिबन काटि कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्ययक्रममा बोल्दै अध्यक्ष हुुमागाईले गाउँ पालिकाको सर्वााङ्गिण विकासमा निर्माण ब्ययसायीहरुको महत्व्वपूर्ण भुमिका रहनेे हुुुँदा विकासमा सहयोग पुुुग्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिका रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, ईलाका प्रहरि कार्यालय मकवानपुरगढीका ईन्चार्ज कृष्ण बहादुर खत्रि , जिल्ला निमार्ण ब्यबसायी संघका प्रतिनिधि, वडा नम्बर ३ की कार्य वाहक अध्यक्ष मन्जु योज्जन, गाउँपालिकाका कर्मचारी , इन्जिनियर ,स्थानियबासि , सरोकारवाला लगाएतकाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

निमार्ण ब्यबसायी संघ शाखा कार्यालय मकवानपुरगढीका सदस्य होम कुमार रेग्मिले सन्चालन गर्न भएको उद्घाटन कार्यक्रम शाखा अध्यक्ष आकाश कुमार गोलेको अध्यक्षतामा भएको हो । पालिकाभरको भौतिक विकासमा पालिकासँग हातेमालो गरि काम गर्न सहज हुने उदेश्यले कार्यालय स्थापना गरिएको आयोजकले जनाएको छ ।

Uncategorized