मकवानपुरमा आज पनि थपिए २५ जना कोरोना संक्रमित

हेटौंडा – मकवानपुरमा आज पनि २५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । पुष्ठि हुनेमा हेटौंडाका २३ जना, थाहा नगरपालिकाका ७२ वर्षका १ जना पुरुष र जितपुर सिमरा उपमहानगरपालिकाका ३९ वर्षकि १ जना महिला रहेकी छिन् ।

हेटौंडाका ९ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको हो । यहि भाद्र ३१ गते परिक्षणका लागि १४३ जनाबाट स्वाब लिइएकोमा २५ जनामा संक्रमण पुष्ठि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

मुख्य समाचार (flash news) स्वास्थ्य