एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्नेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

मकवानपुर – पछिल्ला समय विभिन्न बहानामा एसिड आक्रमण बढेसँगै त्यस्तालाई कडा कार्वाही गर्नेगरी सरकारले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने भएको छ । बिहिबार बसेको मन्त्रिपरीषदको बैंठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने गरी कानुन बनाउन अध्यादेश ल्याउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण जस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेश मार्फत् तत्काल नयाँ कानुन बनाउने बताएका थिए । त्यस अुनसार सरकारले अध्यादेश ल्याउने भएको हो ।

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने लगायतको व्यवस्था गरिने भएकाे छ ।

मुख्य समाचार समाचार