कोरोना संक्रमण भएको ६० दिन पछि बल्ल कोरोना मुक्त

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , मक्रान्चुली निवासी भानु मा.वि. का शिक्षक उद्दव प्रसाद सापकोटा कोरोना संक्रमण भएको ६० दिन पछि बल्ल कोरोना मुक्त भएका छन् ।

२ महिना अघि संक्रमण पुष्ठि भएका सापकोटालाई बल्ल आज कोरोना नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

परिवारका २३ महिने नातिनी समेत सबै पाँच जनालाई कोरोना संक्रमण भएकोमा यस अघि नै अन्य दुई जनाको नेगेटिभ रिपोर्ट आएकोमा बाँँकी तीन जनाको रिपोर्ट पोजेटिभ आईरहेको थियो ।

६० दिन पछि आज चौथोपटकको परिक्षणमा उनी कोरोना मुक्त भए सँगै बाँकी दुुुई जनाको पनि ५७ औं दिनमा र ३२ दिनमा रिपोर्ट नेगेटिभ आएको छ । आजको रिपोर्ट सँगै उनको स-परिवार कोरोना मुक्त भएको छ ।

समाचार स्वास्थ्य