मकवानपुरमा बिहिवार बिहानै ६० जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुर – मकवानपुरमा बिहिवार अर्थात् आज बिहानै थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो असोज २१ गते ९७ जनाको स्वाबको परिक्षण गर्दा ६० जनामा संक्रमण पुष्ठि भएको हो । हिजो पनि ४१ जनामा संक्रमण पुष्ठि भएको थियो । यो सँगै जिल्लामा दिनहुँ जसो कोरोना संक्रमित हुनेको दर वढ्दै गएको छ ।

आज बिहान आएको रिपोर्टमा थप ६० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना, मनहरी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बस्ने एक भारतीय सहित ६० जनामा पुष्टि भएको हो ।

मुख्य समाचार (flash news) समाचार स्वास्थ्य