नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं  – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ ।  यस्तै, पछिल्लो २४ घण्टामा २६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

समाचार स्वास्थ्य