शनिबार बिहानै मकवानपुरमा २४ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढी ३ का २४ वर्षका पुरुषमा पनि संक्रमण पुष्ठि

मकवानपुर – मकवानपुरमा शनिबार बिहानै २४ जना कोरोना संक्रमित थपिएका छन् ।

हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा ६ जना महिला र १८ जना पुरुष गरि २४ जनामा संक्रमण पुष्ठि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।

यसैगरी मकवानपुरगढी गाउँपालिकामा पनि १ जना २४ वर्षका पुरुषमा संक्रमण पुष्ठि भएको छ । उनी वडा नम्बर ३ का बासिन्दा रहेका छन् ।

मकवानपुर जिल्ला बाहिरका संक्रमित हुने हरुमा सिरहाका १ जना , सिन्धुलीका १ जना र ललितपुरका १ जनामा छन् भने बाँकी २० जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

मुख्य समाचार (flash news) समाचार स्वास्थ्य