हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य प्रारम्भ , मुख्यमन्त्री पौडेलले गरे सिलान्यास

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको आज शिलान्यास गरिएको छ ।

बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीमा पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।

प्लान्टको शिलान्यास गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्लान्टको निर्माण पछि सडकमा दुध पोख्नुपर्ने किसानको बाध्यता हट्ने वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले सडकमा दुध बग्यो भनेपछी आफुहरुले पाउडर प्लान्ट निर्माण गर्न लागिएको वताउनुभयो । यो प्लान्टले बागमती प्रदेशसंगै अरु चार वटा प्रदेशका किसानले उत्पादन गरेको दुध ल्याएर पाउडर वनाउनका लागि सहज हुने वताउनुभयो । उद्योग स्थापना भएर रोजगारी सृजना गरेसंगै किसानले धेरै गाइ, भैसी पालना गरेर रोजगारी पनि सृजना हुने उहाँले वताउनुभयो ।

प्लान्टको निर्माण तिनकुने, काठमाण्डौमा रहेकोे E.G. Infra प्राइभेट कम्पनीले गर्ने कुल लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ । प्लान्टको निर्माण १ वर्ष अर्थात् आगामी २०७८ सालको मंसिर सम्ममा सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मतिना बैध जोसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देबकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार