मकवानपुरगढी – ४ का विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

मकवानपुर – भोकै कोही नपरुन,भोकले कोही नमरून , सबैका लागि खाना र नाना भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै मकवानपुरगढि-४ सयपत्रिका अति विपन्न ५ घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ ।

CCDN मकवानपुरको तर्फ बाट लत्ता कपडा तथा सिरक डस्ना वितरण गरिएको हो । सोही अवसरमा हेटौडा का समाज सेवीहरु अरुण उपाध्याय, मीरा राई, संजय पाठक, संजय श्रेष्ठ, काब्यमणी अधिकारी, डानियल न्यौपाने, सुधीर दाहाल, सुमन गिरी, मुकुंद सुवेदी, विकास धिताल, सुवास दाहाल, सूर्य राई लगाएतको टीम बाट खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

स्थानीय समाजसेवी संजय घिसिंगको सभाध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अथिति मकवानपुरगगढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना र विशिष्ट अथिति CCDN का कार्यकारी निर्देशक महेन्द्र जर्गा मगर रहनु भएको थियो । तस्वीर : रमिला घलान

प्रदेश समाचार रोचक समाचार