पार्टी परित्याग गरी १६ जना नेपाली कांग्रेसमा प्रवेश

हेटौंडा / मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी १६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

हेटौंडाका जावेद हुसेनको नेतृत्वमा ५ जना र राक्सिराङ गाउँपालिकाको ११ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवाप्रबेशीलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका थिए ।
त्यस्तै सभापति बानियाँले निर्माण व्यवसायी अभय श्रेष्ठ, राक्सिराङ गाउँपालिकाकी बच्चीमाया नेगी र हेटौंडा–८ का मिहिनबहादुर श्रेष्ठलाई जिल्ला सदस्य मनोनित गरेको बताएको छ।

मुख्य समाचार (flash news) राजनीति समाचार स्थानीय