सहकारी दिवसको अवसर पारी हेटौंडाका ३ वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

मकवानपुर- राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा खाद्यान्न तथा फलफूल वितरण गरिएको छ ।

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा बिहिबार हेटौंडामा रहेका तीन ओटा आश्रममा फलफुल वितरण गर्नुका साथै खाद्यान्न खरिदका लागि १० हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटाको सभाध्यक्षता एवम् बागमती प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब मतिना जोशि बैधको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

श्रीमद्भागवत ज्ञान संचार वृद्धाश्रम हेटौंडा १७, दिब्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल हेटौंडा १५ र ॐ वृद्धाश्रम हेटौंडा १ मा गरि ३ ओटामा नै खाद्यान्न खरिदका लागि रु १० हजारको चेक र फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डेय, बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष एवम् सहकारी अभियन्ता बद्री प्रसाद लम्साल, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल , नेफ्स्कुन मकवानपुरका फिल्ड इन्चार्ज ज्योति महत , ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका अध्यक्ष उर्मिला पुडासैनी , जिल्ला सहकारी संघ मकवानपुरका संचालक दिनेश उपाध्याय , मेनका दाहाल , जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोबिन्द दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहाल, जिल्ला संघ कार्यक्रम संयोजक शिबहरि दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।

यसैगरी सहकारी दिवस २०७७ का दिन चैत्र २० गते शुक्रबार मानब सेवा आश्रम हेटौंडा ९, मामाघर नेपाल हेटौंडा ११ र राजदेवि असहाय आश्रम हेटौंडा ३ मा फलफूल र खाद्यान्न खरिदका लागि नगद हस्तान्तरण गर्ने कार्यक्रम रहेको सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनु भएको छ ।

सहकारी दिवसलाई भब्य रुपमा मनाउने योजना बनाइएको भए पनि पुनः पछिल्ला दिनमा कोभिडको संक्रमण बढ्न सक्ने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला जुलुस नगर्न अनुरोध गरे संगै सांकेतिक हिसाबले कार्यक्रम गरिएको संयोजक देवकोटाले बताउनुभयो ।

अर्थ प्रदेश समाचार मुख्य समाचार