बिद्धुत चुहावट गरि प्रयोग गरिएका बिद्धुतिय सामान प्राधिकरणको नियन्त्रणमा

मकवानपुर- बिद्धुत चुहावट गरि प्रयोग गरिएका बिद्धुतिय सामान प्राधिकरणले नियन्त्रणमा लिएको छ ।

शुक्रबार नेपाल बिद्धुत प्राधिकरण हेटौंडा वितरण केन्द्रबाट प्रहरी सहित गएको चुहावट नियन्त्रण टोलिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को सिमलटारमा बिद्धुत चुहावट गरि प्रयोग गरिरहेका वेल्डिङ मेसिन, ग्रेण्डर , ड्रीलिङ्ग मेसिन , कटर लगायतका सामाग्रीहरु नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ ।

निषेधाज्ञाको समयमा पनि प्राधिकरणले बिद्धुत चोरी नियन्त्रणको प्रयास जारी राखेको छ । केही दिन अघि पनि मनहरी गाउँपालिका अन्तर्गतको भुन्द्रुङ्ग , लामिटारबाट हुकिङ गरि प्रयोग गरिरहेका बिद्धुतिय सामान प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

अर्थ मुख्य समाचार