शनिबार एकै दिन ८,८४८ जना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार एकै दिन संक्रमणमुक्त हुने यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

मुख्य समाचार स्वास्थ्य