बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए संसदीय बोर्डको बैठक, पार्टी विरोधी गतिविधिमा लागेकालाई कारबाहीको तयारी

 

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले  प्रदेश संसदीय बोर्डको बैठक बोलाउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले आज दिउँसो नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठक बोलाउनु भएको नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।
उहाले आजको बैठकले पार्टी विरोधी गतिविधिमा लागेका सांसदहरुलाइ स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी रहेको जानकारी दिनुभयो ।

बैठकमा जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई भोट नहाल्ने एमालेका एक दर्जन प्रदेश सदस्यलाई समेत स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी रहेको बताइएको छ । त्यस्तै  कोभिड-१९ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा प्रदेश सरकारले गरेको कार्य सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार