बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि स्पष्टीकरण सोधियो (सूचीसहित) 

 

काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै आफ्ना  १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा हेटौंडामा आज बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जना सांसदसँग २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले संसदीय दलको नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव आउँदादेखि राष्ट्रिय सभा निर्वाचनसम्म पार्टी निर्णयविरुद्ध काम गरेकाले बोर्डले स्पष्टीकरण सोधेको बताउनुभयो ।
सचेतक निरौलाले स्पष्टीकरण सोधिएका सांसदहरुलाइ  जवाफ दिनका लागि आइतबार साँझ ५ बजेसम्मको समय प्रदान गरिएको समेत जानकारी दिनुभयो

बैठकले कोभिड नियन्त्रणमा प्रदेशले गरेको कामको समीक्षा गर्दै प्रदेश सरकारको अबको सम्पुर्ण ध्यान  कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

स्पष्टिकरण सोधिएका सांसद यी हुन् ।

१) अष्टलक्ष्मी शाक्य
२) राजेन्द्र पाण्डे
३)अरुण प्रसाद नेपाल
४)वसन्त प्रसाद मानन्धर
५) रचना खड्का 
६) कृष्ण प्रसाद शर्मा खनाल
७) शान्ति प्रसाद पौडेल
८) मुनु सिग्देल
९) इन्द्रमाया गुरुङ
१०) मिना ज्ञवाली
११) बसुन्धारा हुमागाइ
१२) लक्ष्मण लम्साल
१३) कुसुम कुमार कार्की
१४) पार्वती सिलवाल

मुख्य समाचार राजनीति समाचार