जिल्ला युवा समितीद्वारा हेटौँडा अस्पताललाई पुनः ५० थान अक्सिजन हस्तान्तरण

 

हेटौंडा / जिल्ला युवा समिती मकवानपुरले पुनः ५० थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भए संगै जिल्ला युवा समिति मकवानपुरले नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुसङ्गको समन्वयमा
बारा जिल्लाबाट ल्याइएको ५० थान अक्सिजन सिलिन्डर एक कार्यक्रम गरि हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो ।
युवा समितिले अस्पताललाइ यस अघि पनि ५० सिलिन्डर हस्तान्तरण गरेको थियो ।

मकवानपुर जिल्लामा कोरोना महामारीको रुपमा दिनप्रतिदिन समुदाय स्तरमा फैलिरहेको र संक्रमितको संख्या पनि तिब्र रुपमा वृद्धि भैरहेकोले हेटौँडा अस्पतालमा अक्सिजनको समस्यालाइ टार्नको लागि अक्सिजन उपलब्ध गराइएको जिल्ला युवा समिती मकवानपुर अदालत शिबहरि दाहालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले जिल्ला युवा समिती मकवानपुरले कोभिड महामारी सुचना तथा सहजीकरण केन्द्रको गठन गरि काम समेत गरिरहेको बताउनुभयो ।

संबिधान सभा मन्चका अध्यक्ष माननिय अनन्त पौडेलले अस्पताल बिकास समितिका सदस्य हिरा वाइवालाइ अक्सिजन हस्तान्तरण गर्दै कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउदै सरकारलाइ सबैले साथ दिएर अगाडि बढन अनुरोध गर्नुभयो ।
नेता पौडेलले मुलुकलाई समस्या परेको समयमा जिल्ला युवा समितिले यस्तै प्रकारका सृजनशिल काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा अस्पताल बिकाश समितीका पुर्ब अध्यक्ष सुनिल मोक्तान, सुनचाँदी ब्यबसायी संघ बागमती प्रदेश समितीका सभापति ज्योतिरत्न बज्राचार्य, हेटौंडा उपमहानगरपालिका ३ नं वडा अध्यक्ष रामकुमार पुडासैनी, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाइ, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु कृष्ण लामिछाने, नरेन्द्र भण्डारी, बिश्व राई, चन्द्र शाही, तिर्थ रोक्का, समाजसेवी इन्द्र सन्जेल तथा जनार्दन नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य