मकवानपुरगढीमा बुधबार २ जना संक्रमित थपिए,आजै ६ जना संक्रमणमुक्त

मकवानपुरगढी- मकवानपुरगढीमा बुधबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ४ र ५ का १-१ जना महिला रहेका छन् । उनीहरू हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमित देखिएका हुन् । यसैगरी बुधबार गाउँपालिका भरमा ६ जना १४ दिन पार गरि कोरोना संक्रमणमुक्त भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

बुधबारको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट कुल १४२ जना संक्रमित भएका छन् । आजका दिन सम्ममा ६९ जना १४ दिन पुरागरी संक्रमणमुक्त भएका छन् । यसै गरि आजको दिनसम्ममा ७३ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ७० जना होमआईशोलेसन,१ जना संस्थागत आइशोलेशन (गौरीटार) र २ जना अस्पतालमा ( १ जना हेटौंडा अस्पताल र १ जना CMC भरतपुर) उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

यसैगरी बुधबारसम्ममा मकवानपुरगढीका वडा नम्बर ५ र ८ का १-१ जना पुरुष गरि २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हेटौंडा अस्पतालमा १ जना र भरतपुरको CMC अस्पतालमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मुख्य समाचार स्थानीय स्वास्थ्य