राष्ट्रपति र चिनियाँ समकक्षी बीच वार्ता: तत्काल १० लाख डोज खोप नेपाललाई दिने चीनको घोषणा

 

काठमाडौं / मित्रराष्ट्र चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो सहयोगको घोषणा गरेको हो ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने जानकारी गराएको हो ।

चिनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप  उपलब्ध गराउने जनाएको हो ।
यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य