‘मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह’ लाई सहयोगको प्रतिबद्धता

मकवानपुरगढी- बुधबार गठन गरिएको मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाई विभिन्न ब्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

हालसम्म सहयोगका लागि प्रतिबद्धता जनाउनेमा नारायण रेग्मी हाल दक्षिण कोरिया रु. ५०००/- , लोकनाथ सापकोटा हाल मलेसिया रु. ५०००/- , RUHEL-CRC, हेटौडा ११ आवश्यक खाध्यान्न लगायतको सहयोग , विनोद सापकोटा हाल काठमाण्डौ, १ कार्टुन सर्जिकल मास्क , राजेश्वर दहाल २००० थान सर्जिकल मास्क (O+ve र B+ve plasma) , विष्णु प्रसाद न्यौपाने हाल माल्टा, आवश्यक सकेको रकम ,केशव न्यौपाने हेटौडा १७ रु. ५०००/- , दिपक राई हेटौडा ६ चौघडा रु. ५०००/- र सागर ढुङ्गाना रु. ५०००/- को प्रतिबद्धता जाहेर गरेको आकस्मिक कोभिड सहायता कोष संकलन तथा राहत वितरण समितीका सदस्य कमल फुँयालले जानकारी दिनुभयो । प्राप्त हुने रकम आर्थिक कमजोर भएका कोभिड संक्रमित ब्यक्ति तथा परिवारलाई सहयोग गरिने साथै कोभिडमुक्त वडाका लागि आवश्यक खर्छ गरिने फुँयालले बताउनु भएको छ ।

अर्थ मुख्य समाचार समाज