हावाहुरीले चित्लाङमा टनेल उडायो


सुरेन्द्रमान प्रधान

थाहानगर / शुक्रबारको हावाहुरीले मकवानपुरको थाहा नगरपालिकाको पूर्वी क्षेत्रका किसानहरुलाई नोक्सान पुर्याएको छ । शुक्रबार विहान ५ बजे र मध्याह्न १२ बजेतिर आएको हावाहुरीले खेतबारीमा बनाइएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन् ।

थाहा १० बिसिङ्खेलका अगुवा कृषक उद्दव लामिछानेका अनुसार करिव ८० देखि ९० प्रतिशत टनेलमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण थाहा नभए पनि बाँसबाट निर्मित प्राय: टनेल पूर्ण रुपमा क्षति भएको छ ।

यस अघि बैशाखमा परेको असिनाले पनि सो क्षेत्रका तरकारी बालीमा आंशिक क्षति पुगेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय