राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन

 


काठमाडौँ / नेकपा एमालेको भातृ  युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ ।

युवा संघ नेपालको अध्यक्ष वचन बहादुर सिहको अध्यक्षतामा आइतबार देखि भर्चुअल माध्यमबाट भएको  केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकले पौडेललाइ अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष रहनुभएको थियो  ।
युवा संघको बैठकले विभिन्न बिभाग निर्माण गरि जिम्मेवारी समेत तोकेको छ ।
बैठकलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि लगायत वरिष्ठ नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

संगठनमा लामो समयसम्मको अनुभव संहाल्नुभएका नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरुमा सफलतापूर्वक बहन गर्नुभएको थियो ।

मुख्य समाचार राजनीति समाचार