मकवानपुरगढीका ६२ देखि ६४ वर्ष सम्मकालाई कोरोनाको खोप लगाइने

मकवानपुरगढी गाउँपालिकाको कार्यालय , मक्रान्चुली

मकवानपुरगढी- ६२ देखि ६४ वर्ष उमेर समुहकालाई मकवानपुरगढी गाउँपालिकाले कोभिड विरुद्धको खोप लगाउने भएको छ ।

गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै पहिलो खोप नलगाएका गाउँपालिका भित्र बसोबास गर्ने ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहकालाई आफुलाई पायक पर्ने केन्द्रमा खोप लगाउन भनेको हो ।

पालिकाले सबै बडाका स्वास्थ्यचौकीबाट कोभिड विरुद्धको खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

मुख्य समाचार स्वास्थ्य