बागमती प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएकालाई मासिकभत्ता दिने

 

हेटौंडा / बागमती प्रदेश सरकारले कोभिड–१९ का कारण बाबु-आमा गुमाएकालाई मासिक रुपमा शैक्षिक भत्ता उपलब्ध गराउने भएको छ ।

बिहिवार राजधानी हेटौंडामा बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले कोरोनाका कारण अभिभावक गुमाएकालाई मासिक  रुपमा तीन हजार रुपैयाँका दरले शैक्षिक भत्ता दिने घोषणा गर्नुभएको हो 

नीति तथा कार्यक्रममा कोभिड प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिने समेत
प्रमुख प्रसाइले जानकारी दिनुभयो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज