दोस्रो लहरबाट मकवानपुरगढीका १५५ जनाले जिते कोरोना,५३ जना अझै होमआईसोलेशनमा

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट सोमबारसम्म मकवानपुरगढीका १५५ जना संक्रमणमुक्त भएका छन् । उनीहरु सबै संक्रमण भएको १४ दिन पार गरि संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी ५३ जना संक्रमित अझै होमआईसोलेशनमा रहेका छन् । हालसम्म संक्रमित हुनेको संख्या २१४ पुगेको छ भने १५५ जना संक्रमण मुक्त भएका छन् ।

सोमबार मकवानपुरगढीका ६ जनाले संक्रमित भएको १४ दिन पार गरि संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज नै थप ४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमा वडा नम्बर ३ का २ जना पुरुष र २ जना महिला गरि ४ जना रहेका छन् । उनीहरु सबै हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।

मुख्य समाचार स्वास्थ्य