प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसद बैद्यलाई पक्राउ गरि कार्वाही गर्न मुख्यमन्त्री र सभामुख ध्यानाकर्षण, प्रधानमन्त्रीको सुरक्षाका लागि बलीदानी दिन तयार

 

हेटौंडा / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिने काङ्ग्रेस सांसद बिरुद्द नेकपा एमाले सम्बद्ध संघ/ संघठनहरु बिरोधमा उत्रिएका छन् ।

शुक्रवार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद नरुोत्तम बैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने अभिब्यक्ती दिएपछि नेकपा एमाले सम्बद्ध संघ/ संघठनहरुले बिरोध गर्दै संसदिय मर्यादा कायम राख्न र बैद्यलाई तत्काल पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र सभामुख सानू कुमार श्रेष्ठको ध्यानाकर्षण गरेका हुन ।

संसदीय मर्यादा विपरीत सांसद बैधले दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै प्रधानमन्त्री ओलीको सुरक्षाका लागि लाखौँ युवा बलीदानी दिन तयार रहेको जनाउदै
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, प्रेस चौतारी नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मुख्यमन्त्री र सभामुखलाइ ज्ञापन पत्र बुझाउदै बागमती प्रदेश सभा भवन आगामी धर्ना समेत दिएको छ ।

युवा संघ नेपालका स्थाइ कमिटी सद्स्य सन्तोष चौलागाईंको नेतृत्वको टोलिले हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन बागमती प्रदेशसभाका सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । नेता चौलागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा थ्रेट बढाउने कुत्सित मनसायका विरुद्ध डटेर सामना गर्ने बताउनुभयो ।
कार्यक्रममा युवा संघका स्थाइ कमिटी सद्स्य सन्तोष चौलागाईं, नेकपा एमाले मकवानपुरका जिल्ला सद्स्य पार्बती राना, अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिवहरि दाहाल, चन्द्र शाही, धरम लामा, समिम खान, अनेरास्ववियुका केन्द्रिय सदस्य किशन घिसिङ, अनेरास्ववियु जिल्ला संयोजक बिशाल पौडेल, युवा संघका केन्द्रिय नेताहरु सानू लामा, दिलमाया घर्ती, एमाले नेताहरु उत्सब चौलागाईं, हिरा लामा, बालकृष्ण अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुबेदी लागायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार