बागमती प्रदेशको आब २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा / बागमती प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज शनिबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।

सांसदहरु नीति तथा कार्यक्रमको सवालमा उठाएका प्रश्नहरुको मुख्यमन्त्री डोरमणी पौडेलले जवाफ दिनुभएको थियो  ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार