काठमाडौँ उपत्यकामा जोरबिजोर लागू, पसलहरू बारअनुसार खुल्ने

 

काठमाडौं /  काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोर सञ्चालनको अनुमति दिएको छ ।
आज उपत्यकाका  तीन जिल्लाका सीडीओहरुको बैठकले असार ८ गते देखि निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने र तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिने, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्ने र ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने निर्णय गरेको हो ।

त्यस्तै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य