मकवानपुरगढीमा सोमबार ४ जना संक्रमित थपिए,संक्रमणमुक्त हुने संख्या पनि ४ नै

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट सोमबार मकवानपुरगढीमा थप ४ जना संक्रमित थपिएका छन् । थपिनेमा १ जना महिला र ३ जना पुरुष रहेका छन् ।

यसैगरी आज ४ जना नै संक्रमणमुक्त भएका छन् । उनीहरु सबै संक्रमित भएको १४ दिन पार गरि संक्रमणमुक्त भएका हुन् ।

आज थपिएका संक्रमितमा वडा नम्बर ३ का १ जना महिला र १ जना पुरुष रहेका छन् भने वडा नम्बर ५ र ६ का १-१ जना पुरुष रहेका छन् । उनीहरु सबैको हेटौंडा अस्पतालमा गरिएको RT-PCR परिक्षणमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २२८ पुगेको छ भने २०३ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २५ जना रहेका र ती मध्ये १८ जना होमआईसोलेशन र ५ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा तथा १ जना भरतपुर अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले ज्यान गुमाई सकेका छन् ।

मुख्य समाचार समाचार स्वास्थ्य