आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

हेटौंडा । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेके छ ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ । बुधबारसम्म तालिका तय गरिसक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब अन्तर्राष्ट्रियतर्फ काठमाण्डौ– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाण्डौ–इस्तानबुल र काठमाण्डौ–दुबई रुटमा पनि हप्तामा चार वटा उडान हुनेछन् । दमाम, कुवेत, मलेसिया, दक्षिण कोरिया र जापानमा पनि कोटा तोकेर उडान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश समाचार मुख्य समाचार