काठमाडौँ महानगरले ल्यायो १८ अर्ब ९५ करोड ७७ लाखको बजेट, करमा व्यापक छुट ?

काठमााडौं । काठमाडौं महानगरपानिकाले नयाँ बजेट ल्याएको छ । महानगरले आर्थिक वर्ष २०७८÷७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको हो । महानगरको बजेज उपमेयर हरिप्रभा खड्गी प्रस्तुत गरेकी छिन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

बजेटले कोठा भाड छुटदेखि कर समेत छुट दिएको छ ।

अर्थ मुख्य समाचार