भोलिदेखि ठूला सार्वजनिक बस चल्ने

हेटौंडा । करिब २ महिनापछि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । भोलिदेखि काठमाण्डौ उपत्यकामा बस पुनः सञ्चालन सुरु हुने भएको हो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा भने १ हप्ता थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको हो ।

मुख्य समाचार समाज