जीवन लघुवित्तको आइपीओ मागभन्दा १६.९२ गुणा बढी आवेदन, कतिले पाउछन् ?

हेटौंडा । लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६२ कित्ताका लागि आवेदन दिएका छन् । यो मागको १६.९२ गुणाभन्दा बढी हो ।

लघुवित्तमा परेको आवेदन हालसम्म खुलेको कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा सर्वाधिक १८ लाख ४ हजार जनाले आवेदन दिएका थिए ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरण थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

कम्पनीले सर्वसाधरणलाई १८ लाख ४८ हजार १५ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ८४ हजार ८०१ जनालाई मात्र सेयर दिन पुग्छ । सो आधारमा करिब ९१ प्रतिशत अर्थात् १९ लाख बढीले सेयर नपाउने देखिन्छ ।

अर्थ मुख्य समाचार समाचार समाज