हेटौंडामा लागुऔषध सुधार केन्द्रका संचालक गाँजा सहित पक्राउ

हेटौंडा / हेटौंडामा रहेको एक सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको टोलीले हेटौंडा – ९ लामसुरेमा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।

पक्राउ पर्नेमा केन्द्रका संचालक हेटौंडा-  ४ बस्ने ३५ बर्षीय राजिब नरसिंह श्रेष्ठ तथा हेटौंडा- ९ बस्ने २८ बर्षीय जोएल श्रेष्ठ रहेका छन् ।

मुख्य समाचार समाचार समाज स्थानीय