सहमति नजुटेपछि प्रदेश सभाको बैठक आज पनि स्थगित

 

हेटौंडा / बागमती प्रदेशको प्रदेशसभा बैठक आज नबस्ने भएको छ ।

प्रदेशसभाको विहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
दलहरूबीच संसद सुचारु गराउने बारे सभामुख सहितको बैठकमा सहमति नजुटेपछि सोमबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।


बैठक स्थगितबारे सांसदहरूलाई एसएमएस गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार