साउन १ देखि मोबाइलको आईएमईआई दर्ता गर्नै पर्ने, दर्ता नगरे नचल्ने

हेटौंडा। साउन १ गतेदेखि सबै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नै पर्ने भएको छ । मोबाइललाई सिस्टममा लानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था लागु गर्न लागेको हो ।

विदेशबाट नेपाल भित्रिएका सबै मोबाइलको आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै सञ्चालन हुने छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने साउन १ गतेदेखि प्रयोगमा आउने सबै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने बताए । मोबाइलको आईएमईआई नम्बर दर्ता गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिए ।

मोबाइलको आईएमईआई नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशनमा गएर दर्ता गर्न सकिन्छ । मोबाइलको आईएमईआई दर्ता गर्दा मोबाइल हरायो वा चोरी भएमा खोज्न सजिलो र आपराधिक क्रियाकलापमा रोक्न सजिलो हुँने छ ।

मुख्य समाचार समाचार