खोप अभियान अस्तव्यस्त भयोः जेष्ट नागरिक

हेटौंडा । कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन आजदेखि लगाउन सुरु गरको थियो ।

खोप लगाउन आज बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापनदेखि आक्रोशित बन्दै घर फर्किएका छन् । उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण समेत गराएका छन् ।

मुख्य समाचार