मकवानपुरगढीमा कोभिड संक्रमित शुक्रबार मात्रै ७ जना, ३ नं मा नै ५ जना

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा शुक्रबार संक्रमित हुनेको संख्या ७ रहेको छ । जसमध्ये ३ नं वडामा मात्रै ५ जना संक्रमित थपिएका छन् । आज संक्रमित हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् ।

पछिल्लो समय थप भएका संख्या अधिकांश वडा नं ३ का रहेका छन् । यस वडामा प्रत्येक दिन संक्रमित हुनेको संख्या थपिँदो अवस्थामा छ । संक्रमितको संख्या ८० पुगेको छ । पनि ५ जना संक्रमित थपिएका छन् । संक्रमित २ जना महिला र ३ जना पुरुष रहेको र उनीहरुको हेटौंडामा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । बाँकी २ जनाको भने मकवानपुरगढी मै गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो ।

कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २६५ रहेको छ भने २३५ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित ३० जना रहेका र ती मध्ये २२ जना होमआईसोलेशन, ४ जना अस्पताल र ४ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो । अहिलेसम्म मकवानपुरगढीमा ५ जनाको कोरोना कै ज्यान गएको छ ।

मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य