वरिष्ठ नेता नेपालको अडानले एमाले एकता असम्भव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अदालतको आदेश प्रभावित हुने गरी कुनै सहमति नगर्ने निर्णय गरेको छ ।

आइतवार नयाँ बानेश्वरमा बसेको आफू निकटका नेताहरुसँगको छलफलमा नेता नेपालले अदालतको आदेश प्रभावित हुने गरी कुनै सहमति नगर्ने अडान दोहोर्याउनुभएको हो । कार्यदलको बैठकले ९ बुँदे सहमतिको प्रस्ताव तयार गरे पनि नेपालको अडानले सहमति हुन सकेको छैन । प्रस्तावित बूँदाको भाषामा नेता नेपालले असहमति जनाउनुभएको कार्यदलका सदस्यहरुले बताएका छन् । प्रस्तावमा अदालतको आदेश प्रभावित हुने भाषा भएको भन्दै नेता नेपालले फिर्ता पठाउनुभएको थियो ।

आइतवार नेपाल पक्षको छलफलमा कार्यदल सदस्य घनश्याम भुसाल पनि उपस्थित हुनुहुन्थ्यो । वरिष्ठ नेता नेपालसँग कुराकानी गरेर नेता भुसाल फर्किएर पुनः कार्यदलको बैठकमा सहभागी हुनुभएको छ ।

आइतवार विहान बोलाएको कार्यदलको बैठक केही ढिलो गरि शुरु भएको थियो । वैठक अहिले पनि बसिरहेको छ ।

कार्यदलको बैठक नसकिए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले दिउँसो चार बजे स्थायी कमिटी बैठक बोलाउनुभएको थियो ।

मुख्य समाचार समाचार