करको लक्ष्य भेट्न अझै ६० अर्ब राजस्व उठाउनु पर्ने

हेटौंडा । चालु आर्थिक वर्षको आजसम्म भएको राजस्व संकलनलाई हेर्दा लक्ष्यभन्दा केहि कममात्रै राजस्व संकलन भएको छ । अभिवृद्धि कर र भ्याट दुबै बुझाइसकेका छन् । भ्याट सरकारको लक्ष्यभन्दा केही बढी उठेको छ ।

आन्तरिक करमा ठूलो हिस्सा बोकेको आयकर लक्ष्यको तुलनामा करिब २० प्रतिशत पुग्न सकेको छैन । भ्याट र शिक्षा सेवा कर बाहेक अन्य कर लक्ष्यको तुलनामा कम नै उठेको छ ।

बाँकी ३ दिनमा लक्ष्य पुर्याउन आन्तरिक राजस्व विभागले करिब ६० अर्ब कर उठाउनु पर्ने देखिएको छ ।

४ खर्ब ५० अर्ब लक्ष्य पाएको विभागले यस अवधिसम्म ८६.५७ प्रतिशतमात्रै राजस्व संकलन गरेको छ । हालसम्म ३ खर्ब ८९ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ राजस्व संलकन भएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि विभागलाई १ खर्ब १२ अर्ब ३ करोड ६२ लाख भ्याटको लक्ष्य दिएको थियो ।

कोरोनाको समयमा पनि करदाताले कर तिरिरहेका छन् ।

अर्थ मुख्य समाचार समाचार समाज