देशमा अब संकटकाल लगाउनुपर्छ – विद्यार्थी नेता श्रेष्ठ

हेटौंडा – नेकपा एमाले निकट युवा विधार्थी नेता मनिश मान श्रेष्ठले देश अस्थिरतातर्फ अघी सरेकोले देशमा संकटकाल लगाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । सर्वोच्च अदालतको आजको फैसला अभ्यास र मर्ममाथि प्रहार भएकोछ । लोकतन्त्रको महत्वपूर्ण पक्ष-नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकिकरण हो , त्यसैमाथि प्रहार भएको छ ! बहुदलीय व्यवस्थाको मर्म – संसदभित्रका कारवाहीमा संसदभित्रका सम्वन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेकोछ !! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन ।

उनले संबैधानिक निकायवाट संबैधानिक कु भएको छ । परमादेश संविधान माथी प्रहार गरेको छ । प्रधानमन्त्री, रास्ट्रपति मन्त्री अदालतले चयन गर्ने हो भने निर्वाचन आवश्यक नरहेको र जनताको मतको अपमान आज जबरा जि को इजलासले गरेको छ ।

अब राष्ट्रपतिले राष्ट्र,राष्ट्रियता र बहुदलीय प्रजातान्त्रिक व्यबस्थाको रक्षाका निम्ति देशमा संकटकाल घोषणा गर्दै नीति नियम अनुरुप संविधानलाई सहि ढंग वाट आगि बढाउन आवश्यक रहेको बताएका छन ।

मुख्य समाचार राजनीति विचार समाचार