कालिगण्डकी डाइभर्सन रोक्न सर्वाेच्को अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ ।

आज रिट निवेदक बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको ईजलासले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको हो ।

कालिगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक वहावलाई प्रतिकुल हुने गरी कुनैपनि कार्यहरू नगर्नू/नगराउनू विपक्षीका नाममा अन्तरिम आदेश जारी गरीएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

रिट निवेदक शर्मासहितले कालिगण्डकी नदी विश्वकै पवित्र नदी भएकोले यसको सौन्दर्यलाई नै असर गर्ने गरी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने ड्याम बनाउने, शालिग्राम एवं गिट्टी, बालुवा चोरी निकासी गर्ने उद्देश्यले भएका निर्णय तथा कार्यहरू रोकी पाउँ भन्दै असार २५ गते रिट दायर गर्नुभएको थियो ।०००

मुख्य समाचार