साउन ३ गतेका लागि संसद् अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाण्डौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नु भएको थियो । तर सर्वोच्च अदालतले संसद पुर्नस्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।०००

मुख्य समाचार समाचार