प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिदै हुनुहुन्छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्रीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा दर्ता भइसकेको छ । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा वैठक आज अपरान्ह ४ बजे बस्दैछ । आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गर्नुभएको हो ।

यसैबीच, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।

मुख्य समाचार राजनीति