अग्रवाल बने नेपाल उद्योग परिसंघका अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणभाले अग्रवाल अध्यक्षमा चयन गरेको हो ।

नेपाल उद्योग परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । अग्रवाल यस अघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।

अग्रवाल एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी र एमएडब्लु रेडि मिक्स कंक्रिट लगायतका कम्पनीका चेयरम्यान हुन् ।

अग्रवाल पूर्व फुटबल खेलाडी समेत हुन् । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल २१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका थिए ।

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । राष्टिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्धिराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

अर्थ मुख्य समाचार राजनीति