जसपाको उपेन्द्र यादव पक्षका बहुमत कार्यकारीणी सदस्यहरु रिर्सोटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बहुमत कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिइएको छ । निर्वाचन आयोगमा कार्यकारीणी सदस्यले सशरीर उपस्थित भएर सनाखत गर्न आयोगमा जानुपर्ने अघिल्लो दिन कार्यकारीणी सदस्यलाई एक ठाउँमा राखेर छलफल शुरु गरिएको हो ।

पार्टी विवादको निर्क्यौल गर्न आयोगले ५१ जना कार्यकारीणी सदस्यलाई आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । यादव पक्षले आजको बैठकमा ३२ जना सदस्य उपस्थित रहेको दावी गरेको छ ।
निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा पुगेको छ । कार्यकारीणी सदस्यको सनाखत रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

मुख्य समाचार राजनीति